२०८३ साउन २१ गते बिहीबार

देशभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार

देशभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २१ गते सोमबार १०:२६

गएको फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

काठमाण्डौँ ।

देशभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो ।

गएको फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड अन्तर्गत एक सय ९० किलोमिटर र मालढुंगा–बेनी–जोमसोम खण्ड अन्तर्गत ५१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ ।

यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाअन्तर्गत एक हजार चार सय ५२ किलोमिटर सडक र एक सय पाँचवटा पुल निर्माण भएको छ ।

विभागकाअनुसार कोशी करिडोरमा दुई किलोमिटर सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ ।

त्यस्तै कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

प्रकाशित मिति २०८१ साउन २१ गते सोमबार १०:२६
हजुरको प्रतिक्रिया