२०८३ साउन २१ गते बिहीबार

काभा महिला भलिबल : फाइनल प्रवेशका लागि नेपालले इरानसँग खेल्दै

काभा महिला भलिबल : फाइनल प्रवेशका लागि नेपालले इरानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २२ गते मंगलबार १०:०१

पोखरा । काभा महिला भलिबल लिगको फाइनल प्रवेशका लागि नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा...

पोखरा ।

काभा महिला भलिबल लिगको फाइनल प्रवेशका लागि नेपालले आज इरानसँग खेल्दैछ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् ।

त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलंकाबीच खेल हुनेछ ।

नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लिगको उपविजेता बन्यो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धी हाँसिल गर्न सफल नेपालको महिला भलिबल टोली इरानसँग भने पराजित भएको थियो ।

४ खेलमा ९ अकंसहित नेपाल लिगमा दोस्रो भएको हो ।

त्यस्तै इरान तेस्रो स्थानमा रह्यो । पाँच टोली सहभागि प्रतियोगिताको अकं तालिकामा भारत शीर्ष स्थानमा रहँदा श्रीलकां चौथो र माल्दिभ्स बाहिरीयो ।

हिजो भएको खेलमा श्रीलांलाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बन्यो ।

आज हुने सेमिफाइनलका खेलमा विजेता टोलीले उपाधिका लागि भोलि बेलुका खेल्नेछन् ।

प्रकाशित मिति २०८१ साउन २२ गते मंगलबार १०:०१
हजुरको प्रतिक्रिया