२०८३ असोज २५ गते आइतबार

म जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन र सहन्न पनि :प्रधानमन्त्री

म जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन र सहन्न पनि :प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २२ गते मंगलबार ०५:५०

प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् ।

काठमार्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् ।

मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् ।

उनले भने,‘यस समिति समक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाकासाथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्रगुफ अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन् । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन् ।’
उनले आफ्नो नजरभन्दा बाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताए ।

प्रकाशित मिति २०८१ साउन २२ गते मंगलबार ०५:५०
हजुरको प्रतिक्रिया