२०८३ असोज २५ गते आइतबार

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छुः खेलकुद मन्त्री चौधरी

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छुः खेलकुद मन्त्री चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २३ गते बुधबार ०४:०५

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौं
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।

बुधवार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निःवर्तमान उपाध्यक्ष शिव कोईरालाको बिदाई कार्यक्रममा बोल्दै खेलाडीहका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताए ।

उनले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि उल्लेख गरे । खेलाडीहरुका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरुलाई अप्रिय निर्णय लिने मन्त्री चौधरीले चेतावनी दिए ।

‘त्यो भिजनमा जानसक्नु भएन भने कतिपय कुरा म अप्रिय निर्णय लिनसक्छु । आफ्नो सुविधानको लागि जे पनि गर्न तयार तर खेलाडीको लागि कुनै मतलव नराखेपछि कहाँ राम्रो हुन्छ । संघमा विवाद छ, तदर्थ समिति, संघ, संघ बी, संघ सी, के संघ हो यो ? एउटा संघ हुँदा हुँदै दुई वटा संघ हुन्छ । केही त स्वार्थ होला नि । दुई वटा संघ भएपछि खेलाडीहरु तानातान गर्ने हो । कोच तानातान गर्ने हो । यि कुरामा ध्यान दिन आग्रह गर्दछु,’ उनले भने ।

प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०४:०५
हजुरको प्रतिक्रिया