२०८३ साउन २१ गते बिहीबार

सांसदहरु भन्छन् – ‘भ्रष्टाचारको मुल श्रोत नै राजनीति हो’

सांसदहरु भन्छन् – ‘भ्रष्टाचारको मुल श्रोत नै राजनीति हो’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २५ गते शुक्रबार ०८:४६

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक भ्रष्टाचारीलाई समाउने नभइ उम्किने बाटो दिइरहेको जस्तो अनुभव भएको सांसद कार्कीको भनाइ छ । कर्मचारीहरुले नै नेताहरुलाई भ्रष्टाचार गर्न सिकाइरहेको पनि सांसद कार्कीले बताइन् ।

काठमाडौं ।

नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला–ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताएका छन् ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने तर भ्रष्टाचारमा सामेल भएको खण्डमा निजी क्षेत्र भनेर छोड्नु नहुने जिकिर गरे ।

सांसद पन्तले नीतिगत भ्रष्टाचार हुन्छ भने नीतिगत भ्रष्टाचारलाई रोक्न के गर्ने र नीतिगत भ्रष्टाचार छानबिन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्नेबारेमा पनि छलफल जरुरी रहेको बताए ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भ्रष्टाचारबिरुद्ध नागरिक सशक्तिकरण र सामाजिक जागरणमार्फत नियमनको व्यवस्था गर्नुपर्ने बताए ।

उनले पाठ्यक्रमहरुमा सुरुका दिनदेखि नै भ्रष्टाचार सामाजिक अपराध हो भन्नेकुरामा जोड दिएर स्थापित गर्न जरुरी रहेको बताए ।

सशक्त र अनुशासित नागरिक खबरदारी गरेर मात्रै नीतिगत र अरु प्रकारका भ्रष्टाचार नियन्त्रण र नियमन गर्न सकिने उनको धारणा छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भ्रष्टाचारको मुल श्रोत नै राजनीति भएको बताइन् । उनले राजनीतिक दलबाट नै भ्रष्टाचारमा बढी मुसिने गरेको दाबी गरिन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक भ्रष्टाचारीलाई समाउने नभइ उम्किने बाटो दिइरहेको जस्तो अनुभव भएको सांसद कार्कीको भनाइ छ ।

कर्मचारीहरुले नै नेताहरुलाई भ्रष्टाचार गर्न सिकाइरहेको पनि सांसद कार्कीले बताइन् ।

प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०८:४६

हजुरको प्रतिक्रिया