२०८३ साउन २१ गते बिहीबार

नेपाली क्रिकेटरसँग क्यानडामा ‘मीट एन्ड ग्रीट’ कार्यक्रम

नेपाली क्रिकेटरसँग क्यानडामा ‘मीट एन्ड ग्रीट’ कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २५ गते शुक्रबार ०६:३७

क्यानडामा रहेका क्रिकेट समर्थक र नेपाली समुदायले राष्ट्रिय टिम कप्तान रोहित पौडेल र टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीसंग मीट एन्ड ग्रीट कार्यक्रम गरेका छन् ।

काठमाडौं
क्यानडामा रहेका क्रिकेट समर्थक र नेपाली समुदायले राष्ट्रिय टिम कप्तान रोहित पौडेल र टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीसंग मीट एन्ड ग्रीट कार्यक्रम गरेका छन् । एनआरएनए क्यानडा, नेपलीज क्यानेडियन क्रिकेट क्लब, नेप्लिनज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

भारत यु –१९ का २०१२ का कप्तान उन्मुक्त चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा रोहित र दीपेन्द्रले क्यानडामा रहेका नेपालीहरुको न्यानो स्वागत र सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा उन्मुक्त चन्दले नेपालमा क्रिकेटको विकास भएको बताए । उनले युवा प्रतिभाको पालनपोषण, नेपाल र विश्व क्रिकेट समुदायबीचको सम्बन्धलाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।

यस भेटघाटको सफलतासँगै नेपाली क्यानडा क्रिकेट क्लब, नेपाली लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले क्रिकेट र सांस्कृतिक आदानप्रदानलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले बताए ।

कार्यक्रममा नेपलीज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष अमृत थापा, नेप्लिनज लन्डन क्रिकेट क्लबका प्रतिनिधि शिव डल्लाकोटी लगायतलाई सम्मान गरेका थिए । कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेलाई पनि सम्मान गर्ने कार्यक्रम भएता पनि कार्य व्यस्थताका सम्मान समारोहमा सम्मान गर्न नसकिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०६:३७
हजुरको प्रतिक्रिया