२०८३ साउन २१ गते बिहीबार

पोखरामा खुल्यो एमएडब्लूको सोरुम

पोखरामा खुल्यो एमएडब्लूको सोरुम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २७ गते आइतबार ०३:५४

सोरुमले फोटोन र सोकोनका व्यवसायीक सवारी उपलब्ध गराएको छ ।

पोखरा

एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिको पोखरामा सोरुम खुलेको छ । नेपालमा व्यावसायिक सवारी साधनको बिक्रीवितरणमा अग्रणी कम्पनी एमएडब्लूले पोखराको बुद्धचोकमा सोरुम सञ्चालनमा ल्याएको हो ।

सोरुमको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे), एमएडब्लूका सिइओ तुषार गुप्ताले उद्घाटन गरे ।

सोरुमले फोटोन र सोकोनका व्यवसायीक सवारी उपलब्ध गराएको छ । फोर्टनको हाइरुफ इभी भ्यान, टुनल्याण्ड र टिएम वानसहितका सवारी पोखरामै उपलब्ध भएको हो । सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ । यो भ्यानमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट समावेश रहेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गुरुङले देशमा जलविद्युतको द्रुत विकास भइरहेकाले विद्युतीय सवारीसाधनको संख्या बढ्नुपर्ने बताए । विद्युतीय सवारी साधनको प्रयोगले सवारी धनीलाई मात्रै नभएर वातावरणलाई पनि सफा बनाउने उनको भनाइ थियो ।

कम्पनीका सिइओ तुषार गुप्ताले ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गर्ने बताए । सबै प्रदेशका ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने योजना बनाएको उनले सुनाए ।

सेल्स हेड नवीन आचार्यका अनुुसार फोटोन र सोकोनका विद्युतीयसँगै पेट्रोलबाट सञ्चालन हुने सवारी पनि विक्री हुनेछ । ११ देखि १६ सिटसम्मका सवारी उपलब्ध गराइने उनको भनाइ छ । समयको माग र आवश्यकतालाई ध्यानमा राखेर विद्युत्तीय सवारीलाई बढी प्राथमिकता दिएकोे उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ साउन २७ गते आइतबार ०३:५४
हजुरको प्रतिक्रिया