२०८३ साउन २१ गते बिहीबार

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौंः प्रधानमन्त्री

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौंः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २९ गते मंगलबार ०६:२३

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् ।

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बालबालिका सडकमा हुनु नहुने बताएका हुन् । उनले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे ।

बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने उनको भनाइ छ । उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको प्रधानमन्त्री ओलीले बताए । उनले युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ साउन २९ गते मंगलबार ०६:२३
हजुरको प्रतिक्रिया