२०८३ असोज २३ गते शुक्रबार

रूचाइँदै ‘सैनाले दिएको ऐना’ (भिडियो)

रूचाइँदै ‘सैनाले दिएको ऐना’ (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ३० गते बुधबार ०४:५०

पाेखरा । बहुचर्चित लोकदोहोरी गीत ‘भिर्नी झोलामा’की गायिका सरस्वती लामिछाने नयाँ तिज गीत ‘सैनाले दिएको ऐना’ लिएर आएकी छन् । लामिछानेको एकल स्वर रहेको गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने एरेन्ज कृष्ण केसीको रहेको छ । गीत गायिका...

पाेखरा ।
बहुचर्चित लोकदोहोरी गीत ‘भिर्नी झोलामा’की गायिका सरस्वती लामिछाने नयाँ तिज गीत ‘सैनाले दिएको ऐना’ लिएर आएकी छन् ।

लामिछानेको एकल स्वर रहेको गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने एरेन्ज कृष्ण केसीको रहेको छ । गीत गायिका लामिछानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा गाउँली चेलीकोे व्यथालाई प्रस्तुत गरिएको छ । माइतीघरमा छँदा दुध र दही नखाएकी चेलीले घरमा मोही खाना नपाएको, श्रीमान जड्याहा परेको, सासूससुराले काममा जस नदिएको, दाजुले सम्झाउँदा नटेरेर कलिलै उमेरमा प्रेम विवाह गरेका कारण दुःख पाएको घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोमा सञ्चिता बोलाखेँको अभिनय रहेको छ । जेरी भण्डारीले निर्देशन गरेको भिडियो छायांकन दुर्गा पौडेल र सम्पादन अमृत चापागाईंको रहेको छ ।

पछिल्लो समय तिज गीतका नाममा छाडा गीतहरु पनि आएको बताउँदै लामिछानेले आफ्नो गीत र भिडियो त्यस्तो नरहेको बताइन् । ‘मेरो गीत परिवार सँगै बसेर सुन्न, हेर्न र सँगै नाच्न मिल्ने खालको छ’, उनले भनिन् ।

गायिका लामिछानेका भिर्नी झोलामा, भाडा तिरम्ला, चढ्यो चढ्यो जवानी, ढाँचा पार्यो नभने, हुन्छ भने हुन्छ भन लगायतका गीतहरु चर्चामा रहेका छन् ।

हेर्नुहाेस ‘सैनाले दिएको ऐना’ 

प्रकाशित मिति २०८१ साउन ३० गते बुधबार ०४:५०
हजुरको प्रतिक्रिया