२०८३ कात्तिक ११ गते मंगलबार

इंग्लिस ल्यांग्वेज स्किल कम्पिटेसनमा हिलसाइड प्रथम

इंग्लिस ल्यांग्वेज स्किल कम्पिटेसनमा हिलसाइड प्रथम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २ गते आइतबार १०:४५

पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अंग्रेजी भाषाका विषय विशेषज्ञद्वय शशिधर बराल र टंकराज बरालले निर्णायकको जिम्मेवारी पूरा गरेका थिए ।

पोखरा ।

विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूमा अंग्रेजी भाषासम्बन्धी क्षमताको विकास गर्ने उद्देश्यले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), नेपाल कास्कीद्वारा पोखरामा शुक्रबार आयोजित चौँथो जिल्ला स्तरीय इंग्लिस ल्यांग्वेज स्किल कम्पिटेसन २०८१ मा पोखराको हिलसाइड अंग्रेजी माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

एन प्याब्सनमा आबद्ध कास्की जिल्लाभरिका विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा द्वितीय स्थान लेभिन रेसिडेन्सियल स्कुल अर्चलबोट र तृतीय स्थान त्रिवेणी पब्लिक मा.वि लेखनाथले हात पारेका थिए भने चतुर्थ स्थान अञ्जुली आवासीय मा.वि बगरले हात पारेको थियो ।

त्यसै गरी दुई विद्यालय होली माउन्ट अंग्रेजी मा. वि. पोखरा २९ र बागमारा एकेडेमी पोखरा ३३ वेस्ट फाइनलिस्टको पुरस्कारले पुरस्कृत भएका थिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अंग्रेजी भाषाका विषय विशेषज्ञद्वय शशिधर बराल र टंकराज बरालले निर्णायकको जिम्मेवारी पूरा गरेका थिए ।

विभिन्न चरणमा चलेको कार्यक्रम एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति २०८१ भदौ २ गते आइतबार १०:४५
हजुरको प्रतिक्रिया