२०८३ साउन २१ गते बिहीबार

महिला टी–२० विश्वकप २०२४ यूएईमा हुने

महिला टी–२० विश्वकप २०२४ यूएईमा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ५ गते बुधबार ०९:१५

असुरक्षा लगायतको कारण देखाउँदै बंगलादेशबाट विश्वकप यूएई सारिएको हो । बंगलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

पोखरा ।

आईसीसी महिला टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ ।

असुरक्षा लगायतको कारण देखाउँदै बंगलादेशबाट विश्वकप यूएई सारिएको हो । बंगलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

बंगलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको जनाएको थियो । तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ ।

बीसीसीआईले विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि यूएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए ।

यूएईले यसअघि सन् २०२१ को पुरुष टी –२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति २०८१ भदौ ५ गते बुधबार ०९:१५
हजुरको प्रतिक्रिया