
पोखरा ।
साफ यू–२० च्याम्पियनशिप फुटबलमा आज समूह ’बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् ।
खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजेबाट सुरु हुनेछ ।
हिजो भएको खेलमा बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ ।
बंगलादेश पनि श्रीलंकालाई २–० गोलले हराएर सेमिफाइनलमा पुगेको छ । श्रीलंका भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । अब नेपालले भोलि बंगलादेशसंग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुंगो लाग्नेछ । यो खेलको विजेता टोलीले समूह विजेताका रुपमा सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका तथा समूह ’बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
प्रकाशित मिति २०८१ भदौ ५ गते बुधबार ०९:२५