२०८३ असोज २५ गते आइतबार

हिमालयन फुटसल गोल्ड कप भदौ २० र २१ गते हुने

हिमालयन फुटसल गोल्ड कप भदौ २० र २१ गते हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ६ गते बिहीबार १०:००

कुल ३२ टोलीले प्रतियोगिता खेल्ने तय भए पनि केही दिनमा यो संख्या बढ्नसक्ने आयोजकले जनाएको छ ।

 

पोखरा ।

हिमालयन फुटसल गोल्ड कप प्रतियोगिता यही भदौ २० र २१ गते हुने भएको छ ।

हिमालयन फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

कुल ३२ टोलीले प्रतियोगिता खेल्ने तय भए पनि केही दिनमा यो संख्या बढ्नसक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी अनुशासित टोलीलाई २० हजार तथा उत्कृष्ट खेलाडी र गोलकिपरलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियागितामा सहभागिताका लागि १२ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ ।

आयोजकका अनुसार उपत्यकाबाहिरका टोलीलाई बिना शुल्क सहभागी गराउने तयारी भइरहेको छ ।

प्रकाशित मिति २०८१ भदौ ६ गते बिहीबार १०:००
हजुरको प्रतिक्रिया