पोखरा ।
पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ‘रेन्टर टेनमेन्ट’ आयोजना हुने भएको छ ।
वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण भोली शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए ।
आयोजक एवं व्यञ्जन रेस्टुरेन्टका सञ्चालक वैभव पौडेलले पोखरा क्षेत्र नेपालको सबैभन्दा पानी पर्ने ठाउँ भएकाले पानीसँग पोखरा र पर्यटनलाई जोडेर यस्तो कार्यक्रम गर्न लागेको बताए ।
रेन्टरटेनमेन्ट आफैँमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको बाराही ग्रुपका कर्पाेरेट म्यानेजर राजकुमार केसीले बताए । उनले झरीमा मोडलहरुलाई ¥याम्पमा उतारिने पनि उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनेछ ।
झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्ने थिमको यो कार्यक्रमलाई यसअगाडि निकै रुचाईएको थियो ।
व्यञ्जन र दि बिच बारको संयुक्त आयोजना हुने उक्त कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको जिम्मा जक्सन डट कमले लिएको छ ।
प्रकाशित मिति २०८१ भदौ ६ गते बिहीबार १०:२९




