२०८३ साउन २१ गते बिहीबार

साफ यू–२० च्याम्पियनशिप : आज भारत र माल्दिभ्स खेल्दै

साफ यू–२० च्याम्पियनशिप : आज भारत र माल्दिभ्स खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ७ गते शुक्रबार १०:५८

यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ ।

पोखरा ।

साफ यू–२० च्याम्पियनशिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् ।

खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजेबाट सुरु हुँदैछ ।

यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ ।

सेमिफाइनलमा एउटा समूहको विजेताले अर्काे समूहको उपविजेतासँग खेल्नेछ ।

यसअघि हिजोको खेलमा बंगलादेशलाई हराउँदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

यो समूहको श्रीलंका भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार १०:५८
हजुरको प्रतिक्रिया