२०८३ साउन २१ गते बिहीबार

साफ यू–२० च्याम्पियनसिप : आज नेपाल र भुटान खेल्दै

साफ यू–२० च्याम्पियनसिप : आज नेपाल र भुटान खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ९ गते आइतबार १०:०६

खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा सुरु हुने छ । नेपाल समूह ’ए’ को विजेता र भुटान समूह ’बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

पोखरा ।

साफ यू–२० फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् ।

खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा सुरु हुने छ । नेपाल समूह ’ए’ को विजेता र भुटान समूह ’बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।

यस्तै दोस्रो सेमिफाइनलमा भोलि भारत र बंगलादेश खेल्नेछन् । लगातारको वर्षाका कारण दशरथ रंगशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।

यसअघि अखिल नेपाल फुटवल संघ (एन्फा)ले सेमिफाइनलका खेलहरु दशरथ रंगशालामा हुने बताएको थियो ।

तर साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल्ने ठाउँ सारेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

च्याम्पियनसिप फाइनल खेल भने आउँदो बुधबार दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति २०८१ भदौ ९ गते आइतबार १०:०६
हजुरको प्रतिक्रिया