पोखरा ।
रात्रिकालीन व्यवसाय सञ्चालन गर्नेले मापदण्ड पालन नगरेको पोखरामा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।
पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसाय व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।
सामुदायिक प्रहरी सेवा कास्कीले आयोजना गरेको पर्यटकीय राजधानी पोखराको समस्या, चुनौती र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहमागीले पोखरा २४ सै घण्टा खुल्ला गर्ने निर्णयको पुनरविचार गर्नुपर्ने धारणा राखे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरालाई २४ सै घण्टा सञ्चालन गर्न जारी गरिएको मापदण्ड कार्यान्वयनमा सबैको ध्यानाकर्षण गराए ।
उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने क्रममा रहेकाले यसबारे सरोकारवालासंग छलफल गरेर व्यवस्थित गरिने बताए ।
यस्तै कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले ७५ प्रतिशत रात्रिकालिन व्यवसायीले मापदण्ड पालना नगरेको बताए ।

ध्वनी नियन्त्रण, कर्मचारी तथा महिला कर्मचारीलाइ गर्ने व्यवहार र समग्र शन्तिसुरक्षामा चुनौती थपिएको उनको भनाइ थियो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी पोखराका मापदण्ड पुरा गरेका व्यवसाय २४ सै घण्टा सञ्चालनका गर्नुपर्नेमा जोड दिए ।
आचार्यले सके लेकसाइडका सबै व्यवसाय नभए पनि मापदण्ण्ड पुरा गरेका व्यवसाय २४ सै घण्टा सञ्चालन गर्नुपर्ने आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले रात्रिकालीन व्यवसाय सञ्चालन अनुमती दिने प्रकृया गलत भएको बताए ।
पहुचको आधारमा केन्द्रबाटै व्यवसायीले २४ सै घण्टा संचालनको लागि अनुमति लिने गरेको भन्दै भट्टराइले स्थानीय प्रशासनबाटै अनुमती दिने व्यवस्था गर्नुपर्ने बताए ।
प्रकाशित मिति २०८१ भदौ ९ गते आइतबार १०:२०




