२०८३ साउन २१ गते बिहीबार

ओमानका विदेशमन्त्री अल्बुसैदी नेपालमा

ओमानका विदेशमन्त्री अल्बुसैदी नेपालमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १० गते सोमबार ०७:११


ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।

काठमाडौं ।

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।

सोमबार उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।

साथै, भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ । उनि भोलि मङ्गलबार स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति २०८१ भदौ १० गते सोमबार ०७:११
हजुरको प्रतिक्रिया