२०८३ कात्तिक ११ गते मंगलबार

उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक बेपत्ता

उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ११ गते मंगलबार १०:००

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ बाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक बेपत्ता भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए ।

पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए ।

उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।

मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिए । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।

प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार १०:००
हजुरको प्रतिक्रिया