२०८३ साउन २१ गते बिहीबार

डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ११ गते मंगलबार १२:१९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बितमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बितमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ ।

मंगलबारबिहानबसेको केन्द्रीय समिति बैठकले पार्टीअनुशासनआयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्काशन गरेको पार्टी सहप्रवक्तामनिषझाले जानकारी दिए ।

उनले भने, पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफलहरु भयो । पार्टीको अनुसाशानआयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफरिसको आधारमा समेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिकदलसम्बन्धी ऐनकाआधारमा निष्काशन गरेका छौं ।’

पार्टी अनुशासनआयोगले ढकाललाई कारबाहीकालागिआवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनिनिकाल्नुपर्ने सिफारिस गरेकोझाले बताए ।

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार १२:१९
हजुरको प्रतिक्रिया