२०८३ असोज २५ गते आइतबार

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १२ गते बुधबार ०६:२७

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ ।

काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै उपाधी चुमेको हो ।

एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक÷एक गोल गरे ।

नेपालका लागि समीर तामाङले एक सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै दबाबमा रहेको नेपालले घरेलु मैदानमा उपाधि चुम्ने अवसर गुमाएको हो ।

नेपालले समूह चरणको खेलमा भने बङ्गलादेशलाई २–१ गोलले हराएको थियो ।

नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

बङ्गलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो ।

च्याम्पियनसिपमा साफमा आबद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८१ भदौ १२ गते बुधबार ०६:२७
हजुरको प्रतिक्रिया