२०८३ साउन २१ गते बिहीबार

साफ यु–२० च्याम्पियनसिपमा पराजित भएपछि नेपाली टालीका प्रशिक्षको प्रतिक्रिया

साफ यु–२० च्याम्पियनसिपमा पराजित भएपछि नेपाली टालीका प्रशिक्षको प्रतिक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १३ गते बिहीबार १०:३३

हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक फाउलका कारण गोल व्यहोरेपछि नै खेलको नतिजा फेरिएको उल्लेख गरे । त्यो गोलपछि आफ्ना खेलाडी दबाबमा परेको उनले बताए ।

पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रह्यो : उर्जन श्रेष्ठ

काठमाडौं ।

साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् ।

सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रि–किकमार्फत गोल बेहोरेको थियो । त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो ।

हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक फाउलका कारण गोल व्यहोरेपछि नै खेलको नतिजा फेरिएको उल्लेख गरे ।

त्यो गोलपछि आफ्ना खेलाडी दबाबमा परेको उनले बताए । सबै खेलाडीलाई गोल गर्न मात्र ध्यान नभएको र आफ्नो जिम्मेवारी अनुरूप खेलाडीले काम गर्न नसक्दा खेल गुमाउनु परेको उनको धारणा थियो ।

उनले पहिलो हाफमा प्राप्त अवसर पनि सिर्जना हुन नसक्दा खेलमा दबाब भएको बताए ।

नेपाली टोलीका कप्तान कुशल देउवाले आफ्नो खेलाडीले बेस्ट दिने प्रयास गरे पनि योजनाअनुरुप खेल्न चुकेको बताए ।

यता बंगलादेशका प्रशिक्षक मरुफुल हकले यो ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गरे ।

उनले नेपाली खेलाडी दबाबमा पर्दा लगातार गल्ती गरेको र त्यसको फाइदा आफ्ना खेलाडीले लिएको उल्लेख गरे ।

काउन्टर प्रयासमा गोल गर्ने रणनीति पनि सफल भएको उनको भनाइ छ । बंगलादेशका प्रशिक्षकले पनि पहिलो गोल नै टर्निङ प्वोइन्ट रहेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ भदौ १३ गते बिहीबार १०:३३
हजुरको प्रतिक्रिया