२०८३ साउन २१ गते बिहीबार

विश्वकप लिग–२ : नेपालले श्रीलंकामा एकदिवसीय शृंखला खेल्ने, १९ सदस्यीय टोलीको घोषणा

विश्वकप लिग–२ : नेपालले श्रीलंकामा एकदिवसीय शृंखला खेल्ने, १९ सदस्यीय टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १५ गते शनिबार ०७:०१

क्यानका अनुसार नेपालले सेप्टेम्बर २ देखि ९ सम्म श्रीलंकामा अभ्यास गर्ने भएको हो । नेपालले भ्रमणमा रहँदा श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।

पोखरा ।

विश्वकप छनोटअन्तर्गत लिग–२ को तयारीका लागि नेपालले श्रीलंकासँग एकदिवसीय शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले जनाएअनुसार नेपालले यसका लागि श्रीलंका भ्रमण गर्नेछ र एकदिवसीय शृंखलामा घरेलु टोली श्रीलंका डेभलभमेन्ट टिमसँग ३ एकदिवसीय खेल खेल्नेछ ।

क्यानका अनुसार नेपालले सेप्टेम्बर २ देखि ९ सम्म श्रीलंकामा अभ्यास गर्ने भएको हो । नेपालले भ्रमणमा रहँदा श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।

नेपालले स्थानीय क्लबसँग ३ ओटा अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ ।

क्यानले श्रीलंका भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप श्रीलंका क्याम्पका लागि क्यानले १९ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानले हिजो घोषणा गरेको टोलीमा कप्तान रोहित पौडेलसँगै, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा र ललितनारायण राजवंशी रहेका छन् ।

टोलीमा आसिफ सेख, आरिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, अर्जुन साउद, रिजन ढकाल, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि समावेश छन् ।

विश्वकप लिग–२ आगामी सेप्टेम्बरमा क्यानडामा हुनेछ ।

प्रकाशित मिति २०८१ भदौ १५ गते शनिबार ०७:०१
हजुरको प्रतिक्रिया