२०८३ असोज २५ गते आइतबार

दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव केन्द्रिय समितिबाट पास हुने विश्वप्रकाशको दाबी

दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव केन्द्रिय समितिबाट पास हुने विश्वप्रकाशको दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १५ गते शनिबार ०३:१३

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आईतवार बन्ने केन्द्रिय समितिको बैठकबाट पास हुने दाबी गर्नुभएको छ ।

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आईतवार बन्ने केन्द्रिय समितिको बैठकबाट पास हुने दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले काँग्रेस केन्द्रिय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रश्ताव गरेको बताउनु भयो ।

उहाँले आईतवार बस्ने केन्द्रिय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताउनु भयो । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

उहाँले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गर्नुभयो । महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताउनु भयो । उहाँले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी अघि बढाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला । यो देशमा खालि प्रधानमन्त्री उनैउनै उनै अनुहारहरु भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रश्ताव गरेको छु । कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ । अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ? उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ । त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन । यसरी नै यो पोलिसी अहिले जो प्रश्तावित छ, हामीभित्र काँग्रेसको कार्य समितिमा । अलिअलि समस्या भइरहेको छ, विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि काँग्रेसको केन्द्रिय समितिबाट पास हुन्छ । त्यो दृष्टिकोण अहिले पार्टीको बनेर गयो भने त्यसले भोलिको लागि सबै राजनीतिक दलहरुलाई प्रभाव गर्छ । यदी त्यो अहिले दृष्टिकोण बनेर गएन भने संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी त्यसलाई त्यतातिर लैजाने काम बन्छ नै । यस्ता रुपान्तरणका थुप्रै मुद्दाहरु अब तपाईं हामीले उठाउन जरुरी छ ।’

प्रकाशित मिति २०८१ भदौ १५ गते शनिबार ०३:१३
हजुरको प्रतिक्रिया