२०८३ असोज २५ गते आइतबार

भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १६ गते आइतबार ०६:०७

पोखरा गण्डकी प्रदेशमा दुई मन्त्रालयलाई फुटाइएको छ । एमाले–कांग्रेसबिच भागबन्डा मिलाउन दुई मन्त्रालय फुटाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातारण...

पोखरा
गण्डकी प्रदेशमा दुई मन्त्रालयलाई फुटाइएको छ । एमाले–कांग्रेसबिच भागबन्डा मिलाउन दुई मन्त्रालय फुटाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

७ मन्त्रालय रहेको गण्डकीमा अब ९ मन्त्रालय हुने भएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रकाशित मिति २०८१ भदौ १६ गते आइतबार ०६:०७
हजुरको प्रतिक्रिया