आज सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दै
पोखरा ।
एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हिजो भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हराएको हो ।
कोशीका लागि समिक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे ।
प्रतियोगिता अन्तर्गत आज सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि सु्रु भएको लिगमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, सशस्त्र प्रहरीको बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, संका क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, बाग्मती युथ क्लब र वालिङ नगरपालिका गरी १० वटा टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैगरी लिगको सर्वाेत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र विधागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।
प्रकाशित मिति २०८१ भदौ १७ गते सोमबार ०८:५८




