२०८३ असोज २३ गते शुक्रबार

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १७ गते सोमबार ११:०९

संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुंजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न शेयर सदस्यहरुलाई आह्वान गरे ।

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गरेका थिए ।

कार्यक्रममा उनले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको बताए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको उल्लेख गरे ।

संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुंजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न शेयर सदस्यहरुलाई आह्वान गरे ।

उनले सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनिय ढंगले अगाडी बढाउँदै शेयर सदस्यका हितको लागि कार्य गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज सुबेदी, दुर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मधु सुबेदी, सम्मानित शेयर सदस्य राजेन्द्र इटानी लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

साधारण सभामा सहकारीका अध्यक्ष सुदीप अधिकारी, सचिव रुपकराज मिश्र, कोषाध्यक्ष एकराज गिरी, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शमौ पौडेल लगायतले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए ।

उक्त समारोहमा गत आर्थिक बर्ष भरि उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको सिद्धान्त सहकारीका सदस्य गीता पराजुली बाचन गरिन् ।

 

 

प्रकाशित मिति २०८१ भदौ १७ गते सोमबार ११:०९
हजुरको प्रतिक्रिया