पोखरा ।
गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ खुवाएका छन् । जिसीले भूमि व्यवस्था,कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।