२०८३ साउन २१ गते बिहीबार

विश्वकप लिग–२ अभ्यास खेल : नेपाली टोलीले आज पहिलो खेल श्रीलंकासंग खेल्दै

विश्वकप लिग–२ अभ्यास खेल : नेपाली टोलीले आज पहिलो खेल श्रीलंकासंग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १८ गते मंगलबार ०९:४९

पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलंका डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरु हुन लागेको हो । यस्तै दोस्रो खेल भोलि र तेस्रो...

पोखरा ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ ।

श्रीलंका डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरु हुन लागेको हो । यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीबार हुनेछ ।

यसअघि दोस्रो खेल पर्सि बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुने तय भएकोमा नेपाल क्रिकेट संघ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्दैछ ।

यो श्रृंखलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने श्रृंखला खेल्नेछ ।

यो श्रृंखलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार ०९:४९
हजुरको प्रतिक्रिया