२०८३ साउन २१ गते बिहीबार

एन्फा महिला लिग फुटबल : आज २ खेल हुँदै

एन्फा महिला लिग फुटबल : आज २ खेल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १८ गते मंगलबार ०९:५४

पोखरा । एन्फा महिला लिग फुटबलमा आज २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिश्पर्धा हुनेछ भने दोस्रो खेल एपिएफ क्लब र नेपाल पुलिस...

पोखरा ।

एन्फा महिला लिग फुटबलमा आज २ खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिश्पर्धा हुनेछ भने दोस्रो खेल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल अपराह्न साढे १२ बजे सुरु हुने छ । त्यस्तै एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो सवा ४ बजेदेखि सुरु हुनेछ ।

लिग अन्तर्गत हिजो भएको खेलमा बाग्मती युथ क्लबे सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ५–१ गोलले हराएको हो । बाग्मतीका लागि अस्मिता खवाशले ह्याट्रिक गरिन् ।

यस्तै सहारा लिम्बु र आरती भुजेलले समान एक गोल गरे । सुदूरपश्चिमका लागि तुल्छा बोहराले एक गोल फर्काइन् ।

एन्फा महिला लिगमा १० वटा टोली सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् ।

पहिलो चरणमा शीर्ष ५ मा रहने टोलीबीच फेरि डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी लिगको सर्वाेत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र विधागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार ०९:५४
हजुरको प्रतिक्रिया