पोखरा ।
पोखराको लामाचौरमा मंगलबारदेखि सुरु आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दोहोरो जित दर्ता गराएको छ ।
नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगितामा पुरुष महिला दुवै विधामा एपीएफले जित दर्ता गरेको हो । गण्डकी भलिबल संघले भने महिला पुरुष दुवैतर्फ हार व्यहोरेको छ । . पुरुषतर्फको खेलमा एपीएफले ट्राभल इन्क्वाइरी गल्कोटलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेटमा २५–१७ को जित निकालेको एपीएफले दोस्रो सेट भने २७–२५ ले गुमायो ।
तेस्रो सेटमा २५–१६ र चौंथो सेटमा २६–२४ को जित निकाल्दै एपीएफले विजयी यात्रा सुरु गरेको हो । नेपाल पुलिस क्लबसँग गण्डकी भलिबल संघको पुरुष टोली पराजित भएको छ । गण्डकी पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको हो । गत वर्ष फाइनलमा व्यहोरेको हारको बदला यसपालि पुलिसले पहिलो खेलमै लिएको छ ।पुलिसले २५–१७, २५–२१ र ३०–२८ को जित निकालेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप न्यु डायमण्ड युथ स्पोर्ट क्बलले सुखद सुरुवात गरे । मंगलबार सुरु प्रतियोगिताको पहिलो खेलमा गण्डकी भलिबल संघले कमजोर प्रदर्शन गर्याे । अन्तिम समयमा निम्तो पाएको गण्डकीको टोलीमा यू–१९ खेलाडी समावेश छन् ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्बलसँग ३–१ को सेटमा गण्डकी पराजित भएको हो । पहिलो र दोस्रो सेटमा गण्डकी विरुद्ध एपीएफले समान २५–१४ को जित निकाल्यो । तेस्रो सेटमा प्रतिस्पर्धात्मक खेलेको गण्डकीले २६–१४ को जित दर्ता गराउँदै पुनरागमनको प्रयास गर्याे । चौंथो सेटमा २५–१३ को जीत निकाल्दै एपीएफले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दोस्रो खेलमा टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेटमा झनै फराकिलो अन्तर २५–१२ को जित दर्ता गराउन सफल भयो । तेस्रो सेटमा २५–१७ को जित निकाल्दै न्यु डायमण्डले सुखद सुरुवात गरेको हो ।
बुधबार चार खेल हुनेछ । महिलातर्फ टिपटप न्यु डायमण्डले गण्डकी भलिबल संघसँग प्रतिस्पर्धा गर्दा एपीएफका विरुद्ध एभरेष्ट भलिबल क्बल आमनेसामने हुनेछन् । पुरुषतर्फ नेपाल पुलिस क्बलसँग ट्राभल इन्क्वाइरी गल्कोट भिड्दा गण्डकी र एपीएफको प्रतिस्पर्धा हुने खेल तालिका छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ ४÷४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको विजेतालेसमान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचले पनि विधागत पुरस्कार पाउनेछन्। महिलातर्फ ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो।
गत संस्करणको पुरुषतर्फको उपाधि घरेलु टिम गण्डकी प्रदेश भलिबल संघल विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो। महिलातर्फको उपाधि डिफेन्डिङ च्याम्यिन नेपाल पुलिस क्लबले हात पा¥यो। फाइनलमा चन्द्रागिरी न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दैै पुलिसले उपाधि रक्षा गरेको थियो।
प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार ०६:२९




