२०८३ साउन २१ गते बिहीबार

केपी ओलीमा हिटलर प्रवृतीकाे पुनरावृति भयाे- डा. भट्टराई

केपी ओलीमा हिटलर प्रवृतीकाे पुनरावृति भयाे- डा. भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २९ गते बुधबार ०६:५८

पाेखरा ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलरकाे पुनरावृति देखिएकाे बताएका छन् ।  जसपा नेपालले बुधबार पाेखरामा आयाेजना गरेकाे बृहत जनप्रदर्शन कार्यक्रमलाई संबाेधन गर्दै भट्टराईले...

सवै लाेकतान्त्रिक शक्ति मिलेर ओली प्रवृतीकाे अन्त्य गर्नुपर्ने

पाेखरा ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलरकाे पुनरावृति देखिएकाे बताएका छन् ।  जसपा नेपालले बुधबार पाेखरामा आयाेजना गरेकाे बृहत जनप्रदर्शन कार्यक्रमलाई संबाेधन गर्दै भट्टराईले साे कुरा बताएका हुन् ।

विराेध सभालाई सम्बाेधन गर्दै डा. भट्टराईले केपी ओलीले नक्कली राष्टवादकाे डंका पिटेर विदेशी शक्ती सामू लम्पसार पर्दै उनीहरूकै इशारामा संसद विघट्न गरेकाे आराेप लगाए । उनले भने ” याे हिटलर प्रवृती हाे ।ओलीले आफू सम्पूर्ण रूपमा सर्वनास नहुञ्जेल बल लगाइरहने छन् । उनी आफू त भिरकाे डिलमा छन् संगसंगै नेपाली जनता र प्राप्त उपलव्धीहरूलाईसमेत उनले भिरबाट खसाल्न खाेजिरहेका छन् ।’

हरेक युगमा नायक र खलनायकका विच द्वन्द्व हुने र खलपात्रले अन्तिमसम्म अनेक हतकण्डा अपनाएर देश र जनतामा भ्रम छरिरहने क्रम जारी रहेकाे हुँदा केपी ओली कलियुगकाे कंश भएकाे डा. भट्टराईले उल्लेख गरे । केपी ओलीले यसै अनुरूप अहिले अदालतलाई धम्क्याइरहेकाे उनकाे जिकिर थियाे ।

 

प्रतीनिधी सभाकाे विघटन सामान्य घटना नभएकाे भन्दै डा. भट्टराईले ओलीकाे अहिलेकाे कदम संविधान र प्राप्त उपलव्धीहरूकै बिघटन भएकाे दावी गरे । अहिले कुनै पनि लाेकतान्त्रिक शक्तीलाइ खुच्चिङ गर्ने समय नभएकाे भन्दै डा. भट्टराईले  एकअर्काेमा मिलेर ओली प्रवृतीकाे अन्त्य गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति २०७७ पुस २९ गते बुधबार ०६:५८
हजुरको प्रतिक्रिया