पोखरा ।
पोखरामा जारी लामाचौर भलिबल कपमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्बलले लगातार दोस्रो जित दर्ता गरेको छ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा बुधबार भएको खेलमा न्यु डायमण्डले गण्डकी भलिबल संघको टोलीलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको हो ।
पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को जित निकालेको छ । न्यु डायमण्डले लगातार दोस्रो जित हासिल गर्दा गण्डकीको दोस्रो हार हो । गण्डकी मंगलबारको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्बलसँग ३–१ को सेटमा पराजित भएको थियो ।
टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।
महिलातर्फको दोस्रो खेल सशस्त्र प्रहरी बलको एपीएफ र एभरेष्ट भलिबल क्लबबीच चलेको छ ।
पुरुषतर्फ नेपाल पुलिस क्लबसँग ट्राभल इन्क्वाइरी गल्कोट भिड्दा गण्डकी र एपीएफको प्रतिस्पर्धा हुने खेल तालिका छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ ४÷४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको विजेताले समान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचले पनि विधागत पुरस्कार पाउनेछन्।
प्रकाशित मिति २०८१ भदौ १९ गते बुधबार ०१:२९




