२०८३ साउन २१ गते बिहीबार

लामाचौर भलिबलः महिलातर्फ न्यु डायमण्ड र एपीएफको फाइनल भिडन्त पक्का

लामाचौर भलिबलः महिलातर्फ न्यु डायमण्ड र एपीएफको फाइनल भिडन्त पक्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १९ गते बुधबार ०२:५९

एपीएफ र न्यु डायमण्डले लगातार दुई जीत हासिल गरेसँगै एक खेल अगावै फाइनल यात्रा तय गरेका हुन् ।

पोखरा

पोखरामा जारी लामाचौर भलिबल कपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्बल र टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्बलबीच फाइनल भिडन्त पक्का भएको छ ।

एपीएफ र न्यु डायमण्डले लगातार दुई जीत हासिल गरेसँगै एक खेल अगावै फाइनल यात्रा तय गरेका हुन् ।

बुधबारको दोस्रो खेलमा एभरेष्ट भलिबल क्लबबिरुद्ध इन्द्रराज्यलक्ष्मी माविको खेलमैदान उत्रिएको एपीएफले ३–० को सोझो सेटमा जित दर्ता गरायो ।

एपीएफसँग आमनेसामाने भएको एभरेष्ट पहिलो सेटमा २५–१०, दोस्रो सेटमा २५–११ र  तेस्रो सेटमा २५–१३ को अन्तरमा स्तब्ध बनेको हो ।

राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा लिगको अन्तिम खेलमा बिहीबार एपीएफले न्यु डायमण्डसँग र गण्डकीले एभरेष्टसँग प्रतिस्पर्धा गर्दैछन् ।

आज पुरुषतर्फ नेपाल पुलिस क्लबसँग ट्राभल इन्क्वाइरी गल्कोट भिड्दा गण्डकी र एपीएफको प्रतिस्पर्धा हुने खेल तालिका छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ ४÷४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। प्रतियोगिताको विजेताले समान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचले पनि विधागत पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति २०८१ भदौ १९ गते बुधबार ०२:५९
हजुरको प्रतिक्रिया