२०८३ साउन २१ गते बिहीबार

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १९ गते बुधबार ०५:१८

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

पोखरा ।

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

बागलुङबाट पोखरा आउँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र पोखरादेखि बागलुङ जाँदै गरेको बा ०६००१०३०९ नम्बरको यात्रुवाहक बस कुश्मा नगरपालिका–४ अर्मादी मोडमा ठोकिँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

एम्बुलेन्समा रहेको ४ जना घाइते भएको एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालले जानकारी दिए । गम्भिर घाइते हुनेमा ४५ वर्षीय भगवती क्षेत्री छिन् । उनलाई उपचारका लागि पोखरामा पठाइएको डिएसपी भुसालले बताए ।

अन्य ३ जनाको अवस्था सामान्य रहेको पर्वतमै उपचार भैरहेको छ । बस, चालक र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको भुसालले बताए ।

प्रकाशित मिति २०८१ भदौ १९ गते बुधबार ०५:१८
हजुरको प्रतिक्रिया