२०८३ साउन २१ गते बिहीबार

क्यानले टुंगायोे एनपीएलका लागि ८ वटै टीमको बोलकबोल

क्यानले टुंगायोे एनपीएलका लागि ८ वटै टीमको बोलकबोल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २१ गते शुक्रबार ०९:५५

क्यानले बिहीबार बोलकबोल मार्फत टीमहरु बिक्री गरेको हो । जस अनुसार टीम पोखरा सर्वाधिक साढे तीन करोडमा विक्री भएको छ ।

पोखरा ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएलका लागि ८ वटा टीमको बिक्री टुंग्याएको छ ।

क्यानले बिहीबार बोलकबोल मार्फत टीमहरु बिक्री गरेको हो । जस अनुसार टीम पोखरा सर्वाधिक साढे तीन करोडमा विक्री भएको छ ।

नेपाल टी–२० प्रालिले टीम पोखरालाई ३ करोड ५७ लाखको बोली लगाएको हो । पोखरापछि सर्वाधिक मूल्य पाउनेमा टिम काठमाडौं बनेको छ । कान्तिपुर मिडिया ग्रुपले टीम काठमाडौंलाई ३ करोड ३३ लाख रुपैयाँ हालेको छ ।

यसैगरी चितवन मेडिकल कलेजले एक करोड ७६ लाखमा टीम चितवनको स्वामित्व लिएको छ भने एमएडी ड्रिम्स स्पोर्ट्सले विराटनगर टीमलाई १ करोड ५१ हजार रुपैयाँमा स्वामित्व लिएको छ ।

फर्चुना हेल्थ केयरले लुम्बिनीको स्वामित्व १ करोड ८६ लाख रुपैयाँमा लिएको छ भने ड्रिम स्पोर्टस्ले २ करोड ५ लाखमा टिम जनकपुरलाई किनेको छ ।

यसैगरी सुदूरपश्चिम एम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख रुपैयाँमा टीम सुदूरपश्चिम र हिमालयन बिल्डर्सले एक करोड ११ लाखमा टिम कर्णालीको स्वामित्व लिएका छन् ।

सबै टोलीले बोल कबोलबाट फ्रेन्चाइज लिएका हुन्। एनपीएल आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ।

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार ०९:५५
हजुरको प्रतिक्रिया