२०८३ असोज २३ गते शुक्रबार

दुध किसानको भुक्तानी दिन सरकारद्वारा ६० करोड रुपैयाँ ऋण स्वीकृत

दुध किसानको भुक्तानी दिन सरकारद्वारा ६० करोड रुपैयाँ ऋण स्वीकृत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २१ गते शुक्रबार १०:०२

काठमाडौं । दुग्ध किसानले यस पटकको दुध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी...

काठमाडौं ।

दुग्ध किसानले यस पटकको दुध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने । आर्थिक वर्ष २०८१÷०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने । अब दुध उत्पादक किसानहरुले यस पटकको जुन पाउनुपर्ने रकम हो त्यो रकम पाउनेछन् ।’

सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार १०:०२
हजुरको प्रतिक्रिया