२०८३ साउन २१ गते बिहीबार

बागलुङको बान्द्रे खोलामा बेपत्ता अर्का एकजनाको शव फेला

बागलुङको बान्द्रे खोलामा बेपत्ता अर्का एकजनाको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २१ गते शुक्रबार ११:४८

गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा मृत्यु भएका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको शव करिब २०० मिटर तल फेला परेको थियो ।

पोखरा ।

बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा बेपत्ता भएका अर्का एकजनाको पनि शव फेला परेको छ ।

स्थानीय २० वर्षीय कमल सापकोटाको शव फेला परेको हो ।

गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा मृत्यु भएका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको शव करिब २०० मिटर तल फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार दुई जनाको शव राति नै भेटिए पनि कमलको शव शुक्रबार बिहानमात्रै भेटिएको हो ।

कमलको शव अरु दुईजनाको शवभन्दा केही तल भेटिएको जनाइएको छ ।

यता बागलुङ आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

जसका कारण खोलानाला बढ्ने र पहिरो खस्ने जोखिम हुने भएकाले नदी तथा खोला क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार ११:४८
हजुरको प्रतिक्रिया