२०८३ साउन २१ गते बिहीबार

गण्डकीलाई सोझो सेटमा हराउँदै गल्कोट तेस्रो

गण्डकीलाई सोझो सेटमा हराउँदै गल्कोट तेस्रो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २१ गते शुक्रबार ०२:२९

पोखरा लामाचौर भलिबल कपमा पुरुषतर्फ ट्राभल इन्क्वाइरी गल्कोटले तेस्रो स्थान हासिल गरेको छ । डिफेन्डिङ च्याम्पियन गण्डकी भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोट तेस्रो बनेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा गल्कोटले...

पोखरा
लामाचौर भलिबल कपमा पुरुषतर्फ ट्राभल इन्क्वाइरी गल्कोटले तेस्रो स्थान हासिल गरेको छ । डिफेन्डिङ च्याम्पियन गण्डकी भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोट तेस्रो बनेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा गल्कोटले २७–२५ को जित दर्ता गरायो । दोस्रो सेट पनि गल्कोटले २५–२२ को जित निकाल्यो । तेस्रो सेट पनि गण्डकीले २५–२२ मा गुमाउँदा गल्कोटले तेस्रो स्थान हासिल गरेको छ ।

लिग चरणमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा पराजित गरेको थियो । गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि भिडन्तमा महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्ट क्लबसँग सशस्त्र प्रहरी बलको एपीएफ भिड्नेछ ।

पुरुषतर्फ एपीएफ र नेपाल पुलिस क्बल आमनेसामने हुनेछन् ।

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार ०२:२९
हजुरको प्रतिक्रिया