पोखरा ।
पोखरामा भएको लामाचौर भलिबल कपको महिलातर्फको उपाधि विभागीय डर्बी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा टिपटप न्यु डायमण्ड युथ क्बलाई ३–१ को सेटमा पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो ।
पहिलो सेटमा एपीएफले २५–२३ को जित निकाल्यो । सुरुवाती अग्रता लिएको न्यु डायमण्डले अन्तिमसम्म जोगाउन सकेन । दोस्रो सेट पनि न्यु डायमण्डले २५–२३ अंकमै गुमायो । तेस्रो सेट २५–१३ को जित निकाल्दै न्यु डायमण्डले पुनरागमन ग¥यो । चौंथो सेटमा २५–१० को जित निकाल्दै एपीएफले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै एपीएफले एक लाख ५० हजार १११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । न्यु डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो ।
न्यु डायमण्ड उपविजेतामा सीमित बनेको यो लगातार तेस्रो बर्ष हो । यसअघिका दुई संस्करणमा अर्को विभागीय डर्बी नेपाल पुलिस क्बलसँग पराजित हुँदै उपाधि नजिक पुगेर घर फर्किनुपरेको थियो ।
४ टोली सहभागी प्रतियोगितामा एभरेष्ट भलिबल क्लब बुटवलले तेस्रो स्थान हासिल गरेको छ ।
शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो । तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषतर्फको उपाधि होडमा दुई विभागीय डर्बी नेपाल पुलिस क्बल र सशस्त्र प्रहरी बलको एपीएफ भिड्दैछन् ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको भलिबलमा पुरुषतर्फ ट्राभल इन्क्वाइरी गल्कोटले तेस्रो स्थान हासिल गरेको छ ।
डिफेन्डिङ च्याम्पियन गण्डकी भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोट तेस्रो बनेको हो ।
गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषतर्फ ट्राभल इन्क्वाइरी गल्कोटले तेस्रो स्थान हासिल गरेको छ । डिफेन्डिङ च्याम्पियन गण्डकी भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोट तेस्रो बनेको हो । गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार ०४:५३




