२०८३ असोज २५ गते आइतबार

एपीएफलाई रोक्दै पुलिस बन्यो लामाचौर भलिबलको च्याम्पियन

एपीएफलाई रोक्दै पुलिस बन्यो लामाचौर भलिबलको च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २२ गते शनिबार ०२:१२

फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पोखरा

लामाचौर भलिबल कपमा पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

गत वर्ष फाइनलमा गण्डकी प्रदेशसँग पराजित नेपाल पुलिस क्लबले पहिलो सेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले २५–१६ मा पराजित भयो ।

दोसो सेट एपीएफले जित्यो । पुलिसलाई २५–२१ मा रोक्दै पुनरागमन ग¥यो । तेस्रो सेट पुलिसले २५–१९ मा हत्यायो । चौंथौ सेटमा एपीएफले २५–२२ को जित निकाल्दा दुवै टोली उपाधिको नजिक पुगे । पाँचौ सेटमा १६–१४ को जित दर्ता गराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै पुलिसले १ लाख ५० हजार १११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एपीएफले एक लाख १११ रुपैयाँमा सीमित भयो ।

महिलातर्फको उपाधि टिपटप न्यु डायमण्ड स्पोर्टस् युथ क्लबलाई पराजित गर्दै विभागीय टोली एपीएफले जितेको थियो । उपाधिसँगै एपीएफले एक लाख ५० हजार १११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा न्यु डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो ।

तेस्रो स्थानमा महिलातर्फ एभरेष्ट भलिबल क्बल बुटवल गण्डकीलाई हराउँदै जित्यो । पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन गण्डकीलाई पाखा लगाउँदै ट्राभल इन्क्वाइरी गलकोट तेस्रो बन्यो । तेस्रो भएका एभरेष्ट र गलकोटले ५० हजार १११ रुपैयाँको साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे । भदौ १८ गते सुरु प्रतियोगितामा महिला पुरुषतर्फ ४÷४ टोली सहभागी थिए ।

प्रकाशित मिति २०८१ भदौ २२ गते शनिबार ०२:१२
हजुरको प्रतिक्रिया