२०८३ साउन २१ गते बिहीबार

सत्ता साझेदार दलहरूको बैठक बस्दै

सत्ता साझेदार दलहरूको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २४ गते सोमबार ११:११

बैठकमा सरकारको कामको मूल्याङ्कन र न्यूनतम साझा कार्यक्रम बनाउने लगायत छलफलका विषयहरु रहेका छन् भने जनतामा रहेको निराशा हटाउने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

काठमाडौं ।

सत्ता साझेदार दलहरूको बैठक आज पनि बस्ने भएको छ ।

बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

बैठकमा सरकारको कामको मूल्याङ्कन र न्यूनतम साझा कार्यक्रम बनाउने लगायत छलफलका विषयहरु रहेका छन् भने जनतामा रहेको निराशा हटाउने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

प्रकाशित मिति २०८१ भदौ २४ गते सोमबार ११:११
हजुरको प्रतिक्रिया