२०८३ साउन २१ गते बिहीबार

पोखराको तालचोकमा भाटभटेनीकाे २८औं स्टोर खुल्दै

पोखराको तालचोकमा भाटभटेनीकाे २८औं स्टोर खुल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २४ गते सोमबार ०३:४२

तालचाेकमा निर्माण हुन लागेकाे साे भवनबाट चाइल्ड प्ले जाेन, फुडकाेर्ट तथा मल्टिप्लेक्स सिनेमा हलकाे समेत सुविधा उपलव्ध हुने गुरूङले बताए । 

पाेखरा।

मुलुककै ठुलाे चेन सुपरस्टाेर भाटभटेनीकाे २८ औँ शाखा पाेखराकाे तालचाेकमा शुरू हुने भएकाे छ ।

साेमबार भाटभटेनी ग्रुपका अध्यक्ष मीन बहादुर गुरूङ र उनकी पत्नी सावित्री गुरूङले निर्माणाधिन भवनकाे भूमिपुजन गरि २८ औँ शाखा पाेखराकाे तालचाेकमा शुरू हुने जनाएका हुन् ।

पाेखरामा न्यूराेडपछि लेखनाथमा उक्त शाखा दाेस्राे शाखाकाे रूपमा सञ्चालन हुनेछ । भूमिपुजन कार्यक्रमका अवसरमा बाेल्दै अध्यक्ष गुरूङले ढिलाेमा एक वर्षभित्र लेखनाथवासीले शाे शाखामार्फत सेवा प्राप्त गर्नसक्ने बताए ।

गुरूङका अनुसार १२ राेपनी जग्गामा निर्माणाधिन साे भवन ७ तलाकाे हुनेछ भने भवनकाे २ तला बेसमेन्टका रूपमा रहनेछ । तालचाेकमा निर्माण हुन लागेकाे साे भवनबाट चाइल्ड प्ले जाेन, फुडकाेर्ट तथा मल्टिप्लेक्स सिनेमा हलकाे समेत सुविधा उपलव्ध हुने गुरूङले बताए ।

२०४१ सालमा काठमाडाैंकाे भाटभटेनीबाट सेवा शुरू गरेकाे भाटभटेनी सुपरमार्केटका यसअघि नै मुलकभर २७ औँ शाखाहरू सञ्चालनमा छन् ।

प्रकाशित मिति २०८१ भदौ २४ गते सोमबार ०३:४२
हजुरको प्रतिक्रिया