पोखरा ।
एएफसी यू–२० एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
प्रशिक्षक उर्जन श्रेष्ठले साफ खेलेको टोलीबाट केही खेलाडी परिवर्तन गर्दै सोमबार २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । नेपाल दुई साताअघि घरेलु मैदानमा फाइनलमा बंगलादेशसँग पराजित हुँदै साफको उपविजेता बनेको थियो ।
साफ खेलेको टोलीबाट गोलकिपर बिशाल केसी बाहिँरिदा अमित टमाटा अटाएका छन् ।
अन्य दुई गोलकिपरमा जयरत शेख र क्रिशल मोक्तान छन् । डिफेन्सको जिम्मेवारी आयुष तिम्सिना, आश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सीमान्त थापा र दीपक थापा मगरले सम्हाल्नेछन् ।
मिडफिल्डमा अभिनास स्याङताङ, कुशल देउवा, लक्षु थापा, सरोज दर्लामी र प्रशान्त लक्सम छनोट भएका छन् ।
अग्रपंक्तिमा अनिल बोम्जन, धन सिंह विक, धर्बेन्द्र कुंवर, नीमा वाङदेल तामाङ, निरज कार्की, समीर तामाङ र निराजन धामी रहनेछन् ।
चाइनिज ताइपेइमा हुने छनोट खेल असोज ५ गतेदेखि १३ गतेसम्म हुनेछ ।
नेपाल रहेको समूह बी मा उज्वेकिस्तान, कम्बोडिया, बहराइन र चाइनिज ताइपेइ छन् । नेपालले आफ्नो पहिलो खेल असोज ५ गते कम्बोडियासँग खेल्नेछ ।
प्रकाशित मिति २०८१ भदौ २५ गते मंगलबार १०:१८




