२०८३ साउन २१ गते बिहीबार

यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक

यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २६ गते बुधबार ०९:३२

डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता टोलीले सन् २०२५ मा मलेशियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्ने अवसर पाउनेछ ।

नेपालको पहिलो खेल थाईल्याण्डसँग

पोखरा ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । एशिया छनोटमा नेपालसहित यूएई, थाईल्याण्ड र कुवेतले सहभागिता जनाउनेछन् ।

नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाईल्याण्डसँग खेलेपछि त्यसको भोलिपल्टै नोभेम्बर ७ मा कुबेतसँग खेल्नेछ ।

नोभेम्बर ९ मा घरेलु टोली यूएईसँग खेलेपछि दोस्रो चरणमा नेपालले नोभेम्बर १० मा थाईल्याण्ड, नोभेम्बर १२ मा कुवेतसँग र नोभेम्बर १३ मा यूएईसँग खेल्ने तालिका छ ।

डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता टोलीले सन् २०२५ मा मलेशियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्ने अवसर पाउनेछ ।

यसअघि सन् २०२२ मा पहिलोपटक भएको छनोटमा नेपाल यूएईसँग पराजित हुँदै बाहिरिएको थियो ।

एशिया छनोट आगामी नोभेम्बरमा हुने यूएईमा खेलाइनेछ ।

प्रकाशित मिति २०८१ भदौ २६ गते बुधबार ०९:३२
हजुरको प्रतिक्रिया