२०८३ साउन २१ गते बिहीबार

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट वितरण गरिने

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट वितरण गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २७ गते बिहीबार ०९:५३

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपालि सुकिला नोटले काम चलाउने बन्दोबस्त गर्न लागेको हो । दशैंतिहारलक्षित नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।

पोखरा ।

नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपालि सुकिला नोटले काम चलाउने बन्दोबस्त गर्न लागेको हो । दशैंतिहारलक्षित नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरेको राष्ट्र बैंकको भनाइ छ ।

दशैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजा रमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ ।

यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।

प्रकाशित मिति २०८१ भदौ २७ गते बिहीबार ०९:५३
हजुरको प्रतिक्रिया