पोखरा ।
आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।
त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।
टि–२० विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।
नेपालले पहिलो खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । एशिया छनोटमा नेपालसहित यूएई, थाईल्याण्ड र कुवेतले सहभागिता जनाउनेछन् ।
नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाईल्याण्डसँग खेलेपछि त्यसको भोलिपल्टै नोभेम्बर ७ मा कुबेतसँग खेल्नेछ ।
नोभेम्बर ९ मा घरेलु टोली यूएईसँग खेलेपछि दोस्रो चरणमा नेपालले नोभेम्बर १० मा थाईल्याण्ड, नोभेम्बर १२ मा कुवेतसँग र नोभेम्बर १३ मा यूएईसँग खेल्ने तालिका छ ।
डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता टोलीले सन् २०२५ मा मलेशियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्ने अवसर पाउनेछ ।





