बागलुङ ।
बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–२ भुङ्खानीमा रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
शुक्रबार बिहान बागलुङदेखि गलकोट तर्फ जाँदै गरेको पिकअप भ्यान दुर्घटना भएको जानकारी पाएपछि अहिले प्रहरी र स्थानीय उद्धारमा लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
मृत्यु हुने कसैको पनि पहिचान नभएको उनको भनाइ छ ।
दुर्घटनामा एक जना पुरुष घाइते भएको उनले बताए । घाइतेको समेत पहिचान खुलेको छैन् ।
उनलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । पिकअप भ्यान मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको छ ।
प्रहरी निरीक्षक पौडेलले भने, “गाडी कहाँदेखि कहाँ जाँदै गरेको भन्ने खुलेको छैन, मृतकहरु कहाँका हुन् भन्ने पनि पत्ता लागेको छैन, अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ, घटनास्थलमा भुपेन्द्रा बुढामगरको परिचय पत्रखुलेको छ, घाइतेलाई उद्धार गरि बागलुङ पठाएका छौँ, बाँकी विवरण आउन बाँकी छ ।”
प्रकाशित मिति २०८१ भदौ २८ गते शुक्रबार १०:१५




