पोखरा ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृंखलाको खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता रहने प्रतियोगिता कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ ।
श्रृंखलामा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
श्रृंखलाको सबै खेल अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन प्रेरि भ्यूमा हुनेछ । सबै खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ ।
लिग दुईको एक दिवसीय श्रृंखलापछि तीनै टोलीबीच टी–२० श्रृंखला पनि हुनेछ । यो श्रृंखला भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ ।
क्यानडा र ओमानसँगको त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले क्यानडामा छ ।
प्रकाशित मिति २०८१ भदौ २८ गते शुक्रबार १०:२१