२०८३ असोज २५ गते आइतबार

एन्फा महिला लिग फुटबलमा आज पाँचौ चरणका खेल सुरु हुँदै

एन्फा महिला लिग फुटबलमा आज पाँचौ चरणका खेल सुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २९ गते शनिबार १०:४५

जारी प्रतियोगितामा पुलिस ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेर शीर्ष स्थानमा कायम छ । तीनमा जित र एकमा हारको नतिजा निकालेको आर्मी भने ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

पोखरा ।

एन्फा महिला लिग फुटबलमा आज पाँचौ चरणका खेल सुरु हुँदैछ ।

पाँचौ चरणमा आइपुगेपछि पहिलोपटक आज दशरथ रंगशाला त्रिपुरेश्वरमा खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

चौथो चरणसम्मका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भएका थिए ।

पाँचौ चरणको पहिलो खेलमा दिउँसो साढे १२ बजे दुई विभागीय टोली नेपाल पुसिल र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी प्रतियोगितामा पुलिस ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेर शीर्ष स्थानमा कायम छ । तीनमा जित र एकमा हारको नतिजा निकालेको आर्मी भने ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको अर्को विभागीय क्लब एपीएफले पनि ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेको छ ।

यस्तै दिउँसो सवा ४ बजे संकटा क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । संकटा क्लब ४ अंकसहित तालिकाको सातौँ र कोशी प्रदेश ९ अंकसहित तालिकाको चौथो स्थानमा छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी महिला लिगमा १० टोली सहभागी छन् ।

प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार १०:४५

हजुरको प्रतिक्रिया